मन्दिरा मानन्धरको अध्यक्षतामा पासा पुचः गुथि यूके लन्डनको नयाँ कार्यसमिति चयन


लन्डन । पासा पुचः गुथि यूके, लन्डन च्याप्टरको सन् २०२६–२०२८ कार्यकालका लागि मन्दिरा मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। ११ सेप्टेम्बर आइतबार बोस्टन म्यानरस्थित ‘लाफिङ गोर्खा’ मा सम्पन्न संस्थाको वार्षिक साधारण सभाले नयां कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा ओजेश सिंह र सुमन महर्जन चयन भएका छन् भने महासचिवमा आस्था जोशी र कोषाध्यक्षमा पब्लिका श्रेष्ठ चयन भए ।
त्यसैगरी, सांस्कृतिक सचिवमा सन्नी शाही, सह–सांस्कृतिक सचिवमा प्रीति शाही र खेलकुद सचिवमा अशोक अवाल चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा अमिता श्रेष्ठ, प्रमोद मानन्धर, रुपेश महर्जन, रवीन्द्र जोशी, जितेन्द्र श्रेष्ठ, रजत श्रेष्ठ, प्रतिमा श्रेष्ठ, आयशा खड्गी, योगेश श्रेष्ठ, राजन शाक्य र सृजना बसुकला रहेका छन्।
निर्वाचन समितिका सदस्यहरु बालमुकुन्द जोशी, सुशील प्रजापति र सचिवः सचेतन तुलाधरले नयां कार्यसमिति चयन प्रक्रिया अगाडि बढाएका थिए ।
नयाँ कार्यसमितिले बेलायतमा नेवा कला, संस्कृति, भाषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न योगदान पुर्याउने उद्देश्य लिएको छ ।

कार्यक्रमको शुरुवातमा आस्था जोशीले सन् २०२४ देखि २०२६ मा संस्थाले गरेका विविध गतिविधि र इभेन्टबारे प्रतिवेदन पेश गरेकी थिइन् ।
साधारणसभामा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकी निवर्तमान अध्यक्ष रुक्मिणी मानन्धरलाई पासा पुचः गुठी युके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापति र लन्डन च्याप्टरका उपाध्यक्ष ओजेश सिंहले मायाको चिनोका साथ धन्यवाद दिंदै विदाइ गरेका थिए ।
निवर्तमान च्याप्टर अध्यक्ष मानन्धरले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालका लागि बधाइ दिएकी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



