शुक्रबार, १६ अक्टोबर, २०२६
14:47 | १९:३२

अलाबामास्थित नेपाली समुदायले बाढी प्रभावित परिवारका लागि दियो ५० हजार डलर

नेपाली लिङ्क अक्टोबर १६, २०२६

अमेरिकाको उत्तरी अलाबामास्थित नेपाली समुदायले नेपालमा भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ५० हजार अमेरिकी डलर संकलन गरी प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको छ ।

नेपाली एसोसिएसन इन नर्थ अलाबामाका अध्यक्ष रवि लामाले बाढीपीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै यो कठिन समयमा आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए ।

हजारौं माइल टाढा बसोबास गरे पनि यो आर्थिक संकलन अभियानले समुदायको एकता, उदारता र आफ्नो मातृभूमिसँगको निरन्तरको सम्बन्धलाई झल्काउने उक्त एसोसिएसनको विश्वास छ।

एसोसिएसनले यसअघि नेपालका बाढी पीडितहरूसँग ऐक्यबद्धता जनाउँदै प्रार्थना र दीप प्रज्वलन समेत गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू