लन्डनमा ‘मःमः फर नेपाल’ च्यारिटी डिनरबाट बाढी पीडितलाई सहयोग


लन्डन। नेपालमा गत अगस्टमा आएको आकस्मिक बाढीबाट प्रभावित समुदायको सहयोगार्थ बेलायतमा आयोजित च्यारिटी डिनरबाट २६ सय पाउन्डभन्दा बढी रकम संकलन भएको छ।
कैलाश मःमः र स्वास्थ्य चिया (Swasthya Chiya) को संयुक्त आयोजनामा गत आइतबार ‘मःमः फर नेपाल’ नामक च्यारिटी डिनर आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सहभागीबाट बाढीपीडितको राहतका लागि सहयोग रकम संकलन गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रम सफल बनाउन सहभागी हुने सबै व्यक्ति, नेपालिज डक्टर्स एसोसिएसन यूकेका चिकित्सक तथा आफ्नो समय दिएर कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने स्वास्थ्य चियाका स्वयंसेवकप्रति आयोजकले आभार व्यक्त गरेका छन्।
त्यसैगरी, व्यक्तिगत रूपमा उदार सहयोग प्रदान गर्ने रेचल ली, चर्च अफ क्राइस्ट द किङ, शोभा शर्मा कँडेल र डा. नुमा थेबेलाई पनि धन्यवाद दिइएको छ।
कार्यक्रममा र्याफलका लागि पुरस्कार उपलब्ध गराउने स्थानीय व्यवसायहरू मखमली, मिमोसा क्यान्डल्स, ब्युटी एट द स्लेड, रेशी, द लाफिङ गोर्खा रेस्टुरेन्ट र वेलिङस्थित चु्पिटोसप्रति पनि आयोजकले कृतज्ञता व्यक्त गरेका छन्। स्वास्थ्य चियाका सदस्यहरूले व्यक्तिगत रूपमा पुरस्कार उपलब्ध गराएर गरेको सहयोगको समेत प्रशंसा गरिएको छ।
आयोजकका अनुसार सहयोग गर्न इच्छुक व्यक्तिका लागि अनलाइन चन्दा अभियान अझै खुला छ। संकलित सबै रकम नेपालिज डक्टर्स एसोसिएसन यूकेमार्फत नेपालका बाढीपीडितको राहतका लागि खर्च गरिनेछ। उक्त संस्था बेलायतको च्यारिटी कमिसनमा दर्ता (दर्ता नम्बर ११७०३८१) छ।
राहत अभियानमा सहयोग गर्न इच्छुक व्यक्तिले यस लिंकमार्फत चन्दा दिन सक्नेछन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



