बुधबार, ३० सेप्टेम्बर, २०२६
07:29 | १२:१४

जापानमा घट्दै जनसंख्या

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२६

तस्बिर एएफपी

टोकियो, असोज १४ गते । जापानको जनसंख्या पाँच वर्षमा २.५ प्रतिशतले घटेको छ । सन् २०२५ अक्टोबर १ मा विदेशी नागरिकसहित जापानको कुल जनसंख्या करिब १२ करोड २९ लाख छ ।

सन् २०२० को तुलनामा जापानको जनसंख्या करिब ३१ लाख ७० हजारले घटेको हो । जापानमा सन् १९२० देखि प्रत्येक पाँच वर्षमा जनगणना हुँदै आएको छ । सन् २०१५ पछि लगातार तीनवटा जनगणनामा जनसंख्या घटेको देखिएको छ ।

कुल जनसंख्यामध्ये करिब पाँच करोड ९७ लाख पुरुष र छ करोड ३२ लाख महिला छन् । त्यस्तै, ६५ वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या कुल जनसंख्याको २९.४ प्रतिशत पुगेको छ । यो हालसम्मकै उच्च अनुपात हो ।

वृद्ध जनसंख्या बढ्दै जाँदा जापानमा श्रमशक्ति र सामाजिक सुरक्षासम्बन्धी चुनौती थपिँदै गएको छ । पछिल्लो जनगणनाअनुसार टोकियोसहित केही क्षेत्रमा जनसंख्या बढेको देखिए पनि अधिकांश प्रान्तमा जनसंख्या घटेको छ । रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू