मंगलबार, ६ अक्टोबर, २०२६
07:15 | १२:००

शान्ति नेपाली समाज बेलायतमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा राजेशमणि लामिछाने

नेपाली लिङ्क अक्टोबर ६, २०२६

लन्डन- बेलायतको बर्मिङ्हमस्थित अग्रणी सामाजिक संस्था शान्ति नेपाली समाज बेलायतमा नयाँ नेतृत्व चुनिएको छ।

सोमबार सम्पन्न समाजको आठौँ अधिवेशनले राजेशमणि लामिछानेको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

अध्यक्ष निर्वाचित लामिछाने यसअघि संस्थाको महासचिवको जिम्मेवारीमा थिए।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निशेन्तमान बज्राचार्य र पार्वती भण्डारी, महासचिवमा शशांक शर्मा, सचिवमा डीआर पराजुली, कोषाध्यक्षमा सुशीला दवाडी र सहकोषाध्यक्षमा राजन बस्याल चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा लक्ष्मण ढकाल, बमबहादुर नेपाली, पृथ्वीनारायण अर्याल, चन्द्र शाहनी, शालिग्राम सापकोटा ‘शिव’, गोपालबहादुर कुँवर, हरिहर न्यौपाने, अनुज ढकाल, निरुता भट्ट, थर्कु कार्की, रामप्रसाद बेल्वासे र रेशमबहादुर केसी चुनिएका छन्।

भिम सारुको संयोजकत्वमा केशव भण्डारी सदस्यसचिव र विष्णु चालिसे सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गर्दै शपथ ग्रहण गराएको थियो।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ।

यसअघि निवर्तमान समितिका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा संस्थाको आठौँ अधिवेशन सम्पन्न भएको थियो। अधिवेशन उद्घाटन संस्थाका संरक्षक कोशलेश्वर ढकाल र अध्यक्ष न्यौपानेले गरेका थिए।

प्रमुख अतिथिको रूपमा शुभकामना मन्तव्य दिँदै संरक्षक एवं संस्थापक अध्यक्ष काशीनाथ शर्माले शान्ति नेपाली समाज बेलायतले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले सामाजिक सेवाका गतिविधिलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा पूर्व अध्यक्षहरु कोशलेश्वर ढकाल, लीला थापा, प्रविण खराल र भोजराज भण्डारीले सामाजिक सेवामा निरन्तरता, दूरदर्शी सोच, स्पष्ट कार्ययोजना र जिम्मेवार नेतृत्वको आवश्यकता औँल्याउँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

सो अवसरमा दिनेश कँडेल, दिनेश ढकाल, तारा लम्साल, बाबुराम सापकोटा, मुक्त अधिकारी, ठाकुर ज्ञवाली, जयन्ती उपाध्याय थापा, रणबहादुर क्षेत्री, नारायण आचार्य, गोविन्द सापकोटा, गोकर्ण हुमागाईं, विष्णु चालिसे, रामचन्द्र अधिकारी, कोपिला अधिकारी लगायतले पनि शुभकामना मन्तव्य दिए।

नयाँ नेतृत्वले संस्थाले सञ्चालन गर्दै आएका सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै अघि बढाउने प्रतिबद्धता जनाएको महासचिव शशांक शर्माले जानकारी दिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू