आइतबार, २७ सेप्टेम्बर, २०२६
14:01 | १८:४६

काठमाडौंमा आयोजित रक्तदानमा तमु धीं यूकेको सहकार्य

नेपाली लिङ्क सेप्टेम्बर २७, २०२६

काठमाडौं- काठमाडौंमा आयोजित एक रक्तदान कार्यक्रममा तमु धीं बेलायतले विशेष सहयोग र सहकार्य गरेको छ।

लायन्स क्लब काठमाडौं सुन्धाराले आइतबार गरेको रक्तदान कार्यक्रममा तमु धीं यूकेका तर्फबाट महासचिव डा विशाल गुरुङ र सचिव विमल गुरुङ सहभागी बने । रक्तदानपछि रक्तदाताका लागि आवश्यक पोषण, फलफूल, मिठाई लगायतका खाद्य सामग्री तमु धीं यूकेले सौजन्य गरेको थियो।

क्लबका अध्यक्ष राजु गुरुङले यस वर्षको कार्यक्रमबाट अनुमानित १ सय पिन्टभन्दा बढी रगत संकलन भएको जानकारी दिए । संकलित रगत एभरेष्ट अस्पतालको रक्तसञ्चार केन्द्रमा जम्मा गरिने संस्थापक अध्यक्ष खेमप्रसाद श्रेष्ठले जनाए।

सन् २०२२ मा खेमप्रसाद श्रेष्ठको अध्यक्षतामा स्थापना भएको क्लबले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यसँगै नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले प्रकाश गुरुङ, विजय गुरुङ हुँदै हालका अध्यक्ष राजु गुरुङको नेतृत्वसम्म आइपुग्दा कयौंपटक रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ।

गत वर्ष विजय गुरुङको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको थियो।

काठमाडौं वरपरका अस्पतालमा कसैलाई रगत आवश्यक परेमा ३० मिनेटभित्रै बिरामीसम्म रगत पु¥याउने सुविधा एभरेष्ट अस्पताल रक्तसञ्चार केन्द्रले दिंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू