नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन प्रयोजनका लागि सल्लाहकारहरु मनोनित


लन्डन- नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सफल बनाउन सल्लाहकारहरु चयन भएका छन्।
संयोजक नेता शेरबहादुर सुनारले अधिवेशन तयारी समितिमा ति सल्लाहकारहरु मनोनित गरेका हुन् ।
मनोनित सल्लाहकारहरुमा डा.पुरुषोत्तम पौडेल, लोक गुरुङ, विश्व आर्दश पण्डित, चिन्तन पौडेल, डा सम्पूर्णानन्द ढुंगाना, कुल आचार्य, योगन क्षेत्री, हितकाजी गुरुङ, शिबजी श्रेष्ठ, थर्क सेन, डा. बच्चु कैलाश कैनी, डा चण्डिका भट्ट, संजीव राई, कमल भण्डारी, कुमारी गुरुङ, नरकुमारी लिम्बु, डिल्ली चन्द्र गुरुङ (सुनिल), किरण राई, उपेन पौडेल, लेख गुरूङ, बेदराज पराजुली, प्रवेश केसी, फडक गुरूङ, लाल वहादुर गुरूङ, कुवेर कार्की, हरि कुमार मल्ल, लीला देवी गुरूङ, प्रीतम गुरूङ, ओम सुनार, डा.केशव भट्टाराई, किशोर सापकोटा, राजन बुर्लाकोटी, राजेन्द्र खरेल, गजेन्द्र कटुवाल, राजन सुवेदी, राजन गुरूङ, रन्जन मल्ल, शंकर गिरी, वेद लावती, विनय दाहाल, विनोद घिमिरे, सुरेन्द्र अमगाइ, भानु सापकोटा, डा कुल प्रसाद कंडेल, अप्सरा गुरुङ, अनुप घिमिरे र नगेन्द्र श्रेष्ठ छन्।
यी सल्लाहकारहरु अधिवेशनसम्मका लागि मात्र हुन्।
संयोजक सुनारले अघिल्लो दिन मात्र अधिवेशन व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले दुई दर्जन सदस्यहरू मनोनयन गरेका थिए।
नेपाली कांग्रेस केन्द्रको निर्देशन बमोजिम नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन यही २७ सेप्टेम्बर आइतबार बिहान ११: ३० बजेदेखि अल्डरसटस्थित प्यालेस रेस्टुरेन्ट हलमा हुने भएको छ।
अधिवेशन तयारी समिति संयोजक शेर बहादुर सुनार र सदस्य सचिव आर. के. त्रिपाठीले उक्त अधिवेशनमा अनिवार्य उपस्थित भई अधिवेशन भव्य, सभ्य र सफल बनाउन नेपाली जन सम्पर्क समिति बेलायतका सम्पूर्ण सदस्यहरूलाई हार्दिक अनुरोध गरेका छन् ।
पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले गत असोज ३ गते सुनारलाई संयोजक तोकेर जनसम्पर्क समिति बेलायतको अधिवेशन गराउने जिम्मेवारी प्रदान गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


