नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन २७ सेप्टेम्बर आइतबार अल्डरसटमा


लन्डन- नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन २७ सेप्टेम्बर आइतबार अल्डरसटमा हुने तय भएको छ।
अधिवेशन तयारी समिति बेलायतले सो जानकारी दिएको हो।
अधिवेशन तयारी समितिका संयोजक शेर बहादुर सुनार
र सदस्य सचिव आर. के. त्रिपाठीले उक्त अधिवेशनमा अनिवार्य उपस्थित भई अधिवेशन भव्य, सभ्य र सफल बनाउन नेपाली जन सम्पर्क समिति बेलायतका सम्पूर्ण सदस्यहरूलाई हार्दिक अनुरोध गरेका छन् ।
सूचना:
नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्बन्धी सूचना
आदरणीय नेपाली जन सम्पर्क समिति बेलायतका सम्पूर्ण सदस्य साथीहरू,
नेपाली जन सम्पर्क समिति बेलायतको अधिवेशन आगामी २७ सेप्टेम्बर २०२६, आइतबारका दिन निम्न मिति,समय र स्थानमा शुभारम्भ भई विधिवत् रूपमा सम्पन्न हुने जानकारी गराउन चाहन्छौँ।
उक्त अधिवेशनमा नेपाली जन सम्पर्क समिति बेलायतका सम्पूर्ण सदस्य साथीहरूलाई अनिवार्य रूपमा उपस्थित भई अधिवेशनलाई भव्य, सभ्य र सफल बनाउन सहयोग गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
मिति: २७ सेप्टेम्बर २०२६,आइतबार
समय: बिहान ११:३० बजे देखि
स्थान: 35 Station Rd, Aldershot GU11 1BA
संयोजक:
शेर बहादुर सुनार
सदस्य सचिव:
आर. के. त्रिपाठी
नेपाली जनसम्पर्क समिति अधिवेशन तयारी समिति, बेलायत
सम्पर्क:07798 694816
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


