बिहीबार, २४ सेप्टेम्बर, २०२६
13:48 | १८:३३

बाढीमा बेपत्ता ‘फ्लाई एभरेष्ट होलिडेज’ कर्मचारीका ७ परिवारलाई १ लाखका दरले सहयोग

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२६

काठमाडौ- भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका ‘फ्लाई एभरेस्ट होलिडेज’ का सात कर्मचारीका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

सात वटै पीडित परिवारलाई प्रति परिवार १ लाख रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिएको तमु धीं यूके महासचिव डा विशाल गुरुङले जानकारी दिए।

विहीबार तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङसहित पदाधिकारीहरूको सहभागितामा पीडित परिवारलाई सहयोग वितरण गरिएको थियो।

पीडित परिवारका सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी सहयोग हस्तान्तरण गर्ने व्यवस्था टुर म्यानेजर कटक तामाङले मिलाएका थिए।

पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले पञ्चासे हर्पनडाँडा समाज यूकेले तमु धीं यूकेमार्फत रु. ३ लाख ५० हजार सहयोग गरेको थियो।

त्यस्तै, सन् २०२४ मा शुष्मा गुरुङको संयोजकत्वमा कैलाश भ्रमणमा सहभागी समूहले रु. १ लाख ७५ हजार सहयोग गरेको थियो। तमुधीं यूकेले पनि थप रु. १ लाख ७५ हजार सहयोग गरेको थियो।

यसरी विभिन्न स्रोतबाट संकलित कुल रु. ७ लाख रकम सातवटै परिवारलाई बराबर रूपमा वितरण गरिएको हो।

यस दुःखद समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने सबै सहयोगीप्रति तमुधीं यूकेले आभार व्यक्त गरेको छ।

Screenshot

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू