बिहीबार, १७ सेप्टेम्बर, २०२६
21:31 | ०२:१६

बेलायतका रेष्टुरेन्ट व्यवसायी खरेल दाजुभाईले बाढी पीडितलाई पठाए २० लाख ११ हजार

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२६

लन्डन । बेलायतमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका दाजुभाई विष्णु खरेल र गोकुल खरेलले भोटेकोशी बाढी पीडितका लागि आफ्नो दुईवटा रेष्टुरेन्टको एक दिनको कमाइ २० लाख रुपैयां बढी नेपाल पठाएका छन् ।

इंग्ल्याण्डको सरे, ह्याम्पसायर र ससेक्स काउन्टी बोर्डरमा रहेको हेजलमेरस्थित ‘दिल्ली’ र ग्रेसटको ‘द बेलिफ’ रेष्टुरेन्टमा भएको एक दिनको कमाइ २० लाख ११ हजार ५ सय ४० रुपैयां ५० पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो ।

सञ्चालक विष्णु खरेलका अनुसार, बाढी लगत्तै रेष्टुरेन्टले गत ६ सेप्टेम्बरमा एक च्यारिटी इभेन्ट आयोजना गरेको थियो । उक्त दिन दुवै रेष्टुरेन्टमा नेपाललाई माया गर्ने ब्रिटिशहरु बाढी पीडितको सहयोगार्थ च्यारिटीमा सहभागी भएका थिए ।

आज बिहीबार दाई गोकुल खरेलको जन्मोत्सवको अवसर पारेर उक्त रकम नेपाल पठाइएको भाई विष्णुले बताए । ‘देशमा महाविपत्ति आइपर्दा हामी पनि निकै दुःखी भयौं। संकटको समयमा सानो सहयोगले पनि ठूलो आशा जगाउन सक्छ। पीडित परिवारको राहत र पुनर्स्थापनामा हाम्रो सानो सहयोग उपयोगी हुने विश्वास लिएका छौं’, खरेलले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू