मतिना फाउण्डेशन यूकेले बाढी पीडितलाई पठायो झण्डै अढाइ लाख रुपैयाँ


लन्डन । बेलायतमा नेवा कला संस्कृति जगेर्नामा क्रियाशील च्यारिटी संस्था मतिना फाउण्डेशन यूकेले नेपालमा बाढी पीडितका लागि १२३४ पाउन्ड (करिब अढाइ लाख रुपैयाँ ) सहयोग पठाएको छ ।
उक्त रकम १५ सेप्टेम्बर मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको फाउण्डेशनका उपाध्यक्ष नगेन्द्र श्रेष्ठले जनाए ।
‘अहिलेको राष्ट्रिय संकटमा मातृभूमिलाई सानै भएपनि सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर पैसा नेपाल पठाएका हौं । फाउण्डेशन सहयोगदाता सबैप्रति कृतज्ञ छ’, उपाध्यक्ष श्रेष्ठले भने ।
नेपाल–तिब्बत सीमा नजिकैको हिमाली क्षेत्रमा गत भदौ १० (अगस्ट २६) गते गएको भीषण हिम पहिरो र चट्टान खसेपछि लेन्दे खोला, भोटेकोसी र त्रिशूली नदी प्रणालीमा आएको लेदोसहितको बाढीका कारण सडक, पुल, जलविद्युत् आयोजनालगायतका महत्त्वपूर्ण पूर्वाधार नष्ट हुनुका साथै जलविद्युत् सुरुङभित्र सयौँ श्रमिक थुनिएका थिए ।
भदौ ३० (सेप्टेम्बर १५) सम्मको प्रतिवेदन अनुसार १,३९९ भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने ७५ जना अमेरिकी नागरिकसहित करिब ५,००० मानिस अझै बेपत्ता छन्।
बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा स्वदेश तथा विदेशबाट रकम संकलन भइरहेको छ । अहिलेसम्म उक्त कोषमा कुल १३ अर्ब २३ करोड १० लाख भन्दा बढी मौज्दात छ।
दाताहरुः
शशी महाजु £200.00
धिरज बाडे £100.00
कैलाश खागी £ 200.00
निरज बाडे £51.00
निलिमा तिम्ला £51.00
नागेन्द्र श्रेष्ठ £100.00
रचना श्रेष्ठ £150.00
जीवन लाल मास्के £ 51.00
रमा देवी श्रेष्ठ £51.00
निर्मला/निशु £५१.००
निर्मल मानन्धर £51.00
निलिमा श्रेष्ठ £25.00
ईश्वर श्रेष्ठ £51.00
रामेश्वर श्रेष्ठ £51
दिनेश / पद्मा £ 51
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


