बेलायतमा आउंदो साता ‘मगर गट ट्यालेन्ट यूके’ सिजन ९


लन्डन । लन्डनमा ‘मगर गट ट्यालेन्ट यूके’ को ९ औं संस्करण सफल बनाउन आयोजक अन्तिम तयारीमा जुटेका छन् ।
मगर युवा यूकेको आयोजना तथा मगर एसोसिएसन यूकेको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
कार्यक्रम १९ सेप्टेम्बर शनिबार लन्डन फेल्थामस्थित स्प्रिङवेष्ट एकेडेमी, ब्रोवेल्स लेनमा हुने तयारी छ । कार्यक्रम दिउँसो १२ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।
कार्यक्रममा संगीत, नृत्य, कला तथा मनोरञ्जनका विभिन्न विधामा प्रतिभा प्रस्तुत गरिने मगर युवा यूके अध्यक्ष दीपक थापा माइथानेले जनाए । बेलायतमा बसोबास गर्ने मगर तथा नेपाली समुदायका युवाहरूमा रहेको गायन, नृत्य तथा अन्य मौलिक कला र क्षमतालाई प्रोत्साहन एवं प्रवर्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको माइथानेले बताए ।
प्रतियोगिताको निर्णायकमा शर्मिला बर्देवा, कविता घर्ती मगर गुरुङ, दिप गुरुङ र सरिष्मा रामजाली मगर छन्। त्यस्तै, द भ्वाइस अफ नेपाल सिजन ७ की विजेता नीता थापा मगर विशेष अतिथि कलाकारका रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।
कार्यक्रमबाट संकलित रकममध्ये केही हिस्सा नेपालका बाढीपीडितको सहयोगका लागि प्रदान गरिने आयोजकले जनाएको छ । गुड कजका लागि गर्न लागिएको उक्त कार्यक्रममा आएर सहयोग गरिदिन अध्यक्ष माइथानेले बेलायतवासी सबैमा अपिल गरेका छन् ।
कार्यक्रमको अग्रीम टिकट लिन २५ पाउण्ड र कार्यक्रमस्थलमा खरिद गर्दा ३० पाउण्ड तोकिएको छ। त्यस्तै १२ वर्षका बालबालिकाका लागि प्रवेश निःशुल्क छ भने १२ देखि १८ वर्षका किशोरकिशोरका लागि २० पाउण्ड टिकट शुल्क तोकिएको छ । टिकटमा खाना समेत समावेश हुने आयोजकले जनाएका छन् ।
टिकट तथा थप जानकारीका लागिः
अध्यक्ष– दीपक थापा माइथानेः ०७४११७७४०८२
वरिष्ठ उपाध्यक्ष– करिश्मा थापाः ०७८९५८८८५१४
महासचिव– विपना थापाः ०७४२९६१९८३४
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


