फेल्थमको ‘रोज भ्यू तन्दूरी’ले छोटो समयमा नै पायो ५ स्टार रेटिङ

लन्डन । लन्डनको फेल्थमस्थित भारतीय तथा नेपाली परिकारका लागि चर्चित ‘रोज भ्यू तन्दूरी’ रेष्टुरेन्टले नयाँ व्यवस्थापनअन्तर्गत सञ्चालनमा आएको छोटो समयमै हाउन्सलो काउन्सिलबाट ५ स्टार खाद्य स्वच्छता रेटिङ प्राप्त गरेको छ।
यसका साथै रेष्टुरेन्टले पूर्ण मदिरा बिक्री तथा सेवनसम्बन्धी आधिकारिक इजाजतसमेत प्राप्त गरेको छ।
गत मे २७ देखि नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हालेपछि सरसफाइ, खाद्य सुरक्षा, परिकारको गुणस्तर र ग्राहक सेवामा विशेष सुधार ल्याइएको छ।
सन् २०२५ सेप्टेम्बर ३ मा भएको पूर्ण निरीक्षणपछि काउन्सिलले ५ स्टार रेटिङ प्रदान गरेको सञ्चालक मिलन शर्माले जानकारी दिए। सेप्टेम्बरको पहिलो सातादेखि मदिरा इजाजतसमेत प्राप्त भएसँगै अब ग्राहकले गुणस्तरीय भोजनका साथमा मदिराजन्य पेयपदार्थको समेत आनन्द लिन सक्नेछन्।
उच्च मूल्यांकनप्रति खुसी व्यक्त गर्दै सञ्चालकले भने, ‘हाउन्सलो काउन्सिलबाट यो ५ स्टार रेटिङ प्राप्त गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौँ। यसले पहिलो दिनदेखि नै गुणस्तरप्रति हाम्रो प्रतिबद्धतालाई पुष्टि गरेको छ। अब पूर्ण मदिरा इजाजतसमेत प्राप्त भएपछि फेल्थम र आसपासका समुदायलाई अझ व्यवस्थित र पूर्ण भोजन अनुभव प्रदान गर्न हामी सक्षम भएका छौँ।’
फेल्थमको एशफोर्ड रोडस्थित शेल्सन परेडमा अवस्थित यस रेष्टुरेन्टमा एकैसाथ ४० जनासम्म बस्न सक्ने व्यवस्था रहेको छ। पारिवारिक जमघट, जन्मोत्सव, वार्षिकोत्सव तथा सामूहिक कार्यक्रमका लागि समेत विशेष व्यवस्था गर्न सकिनेछ।
यहाँ भारतीय परिकारका साथै नेपाली स्वादका मोमो, चाउमिन, तन्दूरी ग्रिल, बिरयानी, ताजा नान तथा विभिन्न शाकाहारी परिकारहरू अर्डरअनुसार तयार गर्नुका साथै क्याटरिंग समेत गरिने संचालकले बताए।
फेल्थम, एशफोर्ड, ह्यानवर्थ, हाउन्सलो, बेडफन्ट र हिथ्रो आसपासका ग्राहकहरूलाई लक्षित गर्दै अग्रिम टेबल बुकिङ र विशेष प्रारम्भिक अफरहरूसमेत सञ्चालनमा ल्याइएको व्यवस्थापनले जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


