नेपाल बाढीपीडितका लागि स्वेच्छिक आर्थिक सहयोग गर्न लन्डन दूतावासको अपिल

लन्डन । बेलायतस्थित नेपाली दूतावासले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि स्वेच्छिक आर्थिक सहयोग प्रदान गर्न सबैमा अपिल गरेको छ।
दूतावासले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको अपिलमा विपद्प्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न आह्वान गरिएको हो।
दूतावासका अनुसार गत २६ अगष्ट २०२६ मा रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा आसपासका नदी किनारका क्षेत्रहरू गम्भीर रूपमा प्रभावित भएका छन्।
नेपाल सरकारले खोज, उद्धार, सुरक्षित स्थानान्तरण तथा आपत्कालीन राहतका लागि उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको अवस्थामा उक्त कार्यलाई थप टेवा पुर्याउन दूतावासले सहयोगको अपिल गरेको हो।
अन्तर्राष्ट्रिय दाताहरूले विभिन्न सुरक्षित माध्यममार्फत कोषमा सहयोग पठाउन सक्नेछन्। अनलाइन कार्ड पेमेन्टका लागि NCHL Payment Gateway तथा Himalayan Bank Relief Fund Payment Gateway प्रयोग गर्न सकिनेछ। त्यसैगरी अन्तर्राष्ट्रिय SWIFT ट्रान्सफरका लागि हिमालयन बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको अमेरिकी डलर खाता तथा राष्ट्रिय वाणिज्य बैंकमा रहेको नेपाली रुपैयाँ खातामार्फत पनि रकम पठाउन सकिने व्यवस्था गरिएको छ।
GME, Remitly, Wise र TapTapSend जस्ता अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवामार्फत पनि आधिकारिक खातामा सहयोग पठाउन सकिने जनाइएको छ।
दूतावासले सहयोग गर्ने व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउनसमेत आग्रह गरेको छ। रकम पठाउनुअघि लाभग्राही खाताको नाम “PRIME MINISTER DISASTER RELIEF FUND” भएको निश्चित गर्न र नेपाल सरकारले तोकेका आधिकारिक बैंक खाता, पेमेन्ट गेटवे तथा QR कोडबाहेक व्यक्तिगत खाता वा अनधिकृत संकलन अभियानमा रकम नपठाउन अनुरोध गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


