नेपाली दूतावास लन्डनद्वारा भर्चुअल शोक सन्देश पठाउन आह्वान

लन्डन । गत २६ अगष्ट २०२६ मा नेपालको भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाली दूतावास लन्डनले पीडित परिवारप्रति समवेदना तथा सहानुभूति प्रकट गर्न भर्चुअल शोक सन्देश पठाउन आह्वान गरेको छ।
बाढीका कारण सयौं मानिसले ज्यान गुमाएका छन् भने ठूलो संख्यामा व्यक्ति घाइते तथा बेपत्ता भएका छन्। प्रभावित क्षेत्रमा घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ। हाल बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारसँगै प्रभावित समुदायलाई तत्काल राहत तथा सहायता उपलब्ध गराउने कार्य जारी छ।
यस महाविपद्का पीडित तथा शोकसन्तप्त परिवारहरूप्रति ऐक्यबद्धता जनाउन दूतावासले बेलायती मित्रहरू, बेलायतस्थित नेपाली समुदायका सदस्यहरू तथा इच्छुक व्यक्ति एवं संघसंस्थालाई अनलाइन फारममार्फत शोक तथा सहानुभूतिका सन्देश पठाउन अनुरोध गरेको हो।
दूतावासका अनुसार उक्त अनलाइन फारम ३ सेप्टेम्बर २०२६ सम्म खुला रहनेछ।
दूतावासले विपद्को यस कठिन घडीमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग र सद्भावको हात बढाउन सबैमा अपील गरेको छ।
शोक संदेश पथाउन यहाँ क्लिक यहाँ क्लिक गर्नुहोस् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


