आइतबार, ३० अगस्ट, २०२६
10:37 | १५:२२

आइएमई लन्डनले प्रधानमन्त्री राहत कोषमा रकम पठाउँदा कुनै शुल्क नलिने

नेपाली लिङ्क अगस्ट ३०, २०२६


लण्डन- लण्डनस्थित रेमिट्यान्स कम्पनी आइएमई लन्डनले प्रधानमन्त्री राहत कोषमा रकम पठाउँदा कुनै शुल्क नलिने भएको छ ।

आइएमई लन्डनका निर्देशक कमल पौडेलले कुनै पनि ट्रान्सफर शुल्क नलिने बताएका हुन्।

नेपालले अहिले भोगिरहेको कठिन परिस्थितिमा आफ्नो कम्पनी सहयोगको हिस्सा बन्न चाहेको उनले बताए ।

झन्डै २५ वर्ष देखि बेलायतमा रेमिट्यान्स व्यवसायमा आबद्ध पौडेलले बाढी पीडितहरूलाई सहयोग गर्न बेलायतको नेपाली समुदायलाई आग्रह पनि गरे ।

उनले आफू आबद्ध संस्था नेप्लिज ब्रिटिश कम्युनिटी युकेले १० लाख रुपैयाँ सहयोग गरिसकेको र थप १० लाख रुपैयाँ सहयोग संकलन गरिरहेको जानकारी दिए ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले देश विदेशबाट अर्बौ रकम जम्मा भैसकेको छ ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू