शनिबार, २२ अगस्ट, २०२६
09:20 | १४:०५

कोभेन्ट्री नेपाली समाज यूकेमा नयां नेतृत्व

नेपाली लिङ्क अगस्ट २२, २०२६

लन्डन । कोभेन्ट्री नेपाली समाज यूकेले नयां नेतृत्व चयन गरेको छ ।

समाजको तेस्रो अधिवेशनले २०२६–२०२८ कार्यकालका लागि सामाजिक अभियन्ता रमेश कँडेलले अध्यक्षतामा सर्वसम्मत नयां नेतृत्व चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षहरुमा गोविन्द सापकोटा र नरबहादुर थापा, महिला उपाध्यक्ष कल्पना दहाल, महासचिव सुवासचन्द्र अधिकारी, सचिवहरु ज्ञानु दहाल र ललित परियार, कोषाध्यक्षमा नारायण रेग्मी र सह–कोषाध्यक्षमा सावित्रा पौडेल चयन भएका छन् ।

त्यसैगरि, सदस्यहरूमा अरुण थापा, जनक कंडेल, एलिना सङ्ग्रौला, मनोज आचार्य, प्रतिमा सापकोटा, रोशन काफ्ले र लक्ष्मण पौडेल चयन भएका छन् ।

लेष्टरस्थित व्यवसायी तथा समाजसेवी दयानिधि सापकोटाले मिडल्याण्डको यो गतिशील संस्थाले आगामी दिनमा थप उचाइ हासिल 
गर्ने विश्वास व्यक्त गर्दै नयां नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू