बिहीबार, १३ अगस्ट, २०२६
20:10 | ००:५५

बेलायतको लिविस नजिक यात्रुवाहक रेल दुर्घटना, दुई जना गम्भीर घाइते

नेपाली लिङ्क अगस्ट १३, २०२६

लन्डन  । बेलायतको इस्ट ससेक्सस्थित लिविस रेलवे स्टेशन नजिकै यात्रुवाहक रेल दुर्घटनाग्रस्त भएको छ। बिहीबार अपराह्न करिब ३:५४ बजे साउदर्न रेलको रेल लिकबाट खस्न पुगेको र कम्तीमा दुईदेखि तीनवटा डिब्बा एकातिर ढल्किएको ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले जनाएको छ।

दुर्घटनापछि तत्कालै प्रहरी, दमकल विभाग र एम्बुलेन्स सेवाका आपतकालीन टोलीहरू घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरिरहेका छन्। प्रारम्भिक जानकारीअनुसार यस दुर्घटनामा कसैको ज्यान गएको जानकारी नआएको र दुई जना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ।

दुर्घटनाका कारण ब्राइटन–लिभिस, हेवर्ड्स हिथ–लिभिस तथा इस्टबोर्न मार्गका रेल सेवाहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। साउदर्न रेलले यात्रुहरूलाई उक्त क्षेत्रतर्फ यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

यातायात मन्त्री हेइडी अलेक्जेन्डरले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै आपतकालीन टोलीहरूले छिटो र प्रभावकारी रूपमा काम गरिरहेको बताएकी छन्। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू