बुधबार, १२ अगस्ट, २०२६
16:57 | २१:४२

बीसीसी गुम्बामा निर्मल पुर्जाको स्मृतिमा दीप प्रज्वलन तथा पूजापाठ

नेपाली लिङ्क अगस्ट १२, २०२६

लण्डन । विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को असामयिक निधनको शोकमा गत मङ्गलबार (११ अगस्ट) बेलायतको अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके गुम्बामा दीप प्रज्वलन तथा विशेष पूजापाठ भएको छ ।

गत जुलाई ३० तारिकका दिन पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा विश्व किर्तिमानी हिमाल आरोही निम्स पूर्जासहित १० जनाको हिम पहिरोमा परी निधन भएको थियो । उनीहरु सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

कार्यक्रममा पूज्य गुरुवर्गहरू रिन्पोछे लुङ्गरिक, खेन्पो वाङ्गचुक, खेन्पो क्याल्जेङ्ग, र आचार्य पासाङद्वारा मोलम पाठ तथा विशेष पूजापाठ गरिएको थियो ।


उक्त कार्यक्रममा बीसीसी युकेका अध्यक्ष आङदावा शेर्पा, बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, आमा प्रमुख शारदा गुरुङले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी दिवंगत आत्माहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यस्तै, बीसीसी युकेका पदाधिकारी, सल्लाहकार, ट्रष्टीज मेम्बर्स तथा आमाहरुले समेत १०८ वटा दीप प्रज्वलन गरी दिवंगत आत्माको चिर शान्तिको कामना गरे ।

हाल निर्मल पूर्जाको पार्थिव शरीर बेलायत ल्याई सकिएको र २६ अगष्ट बुधबार अन्त्येष्टी गरिने छ ।

बीसीसी युकेका अध्यक्ष आङदावा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ एमभीओले संचालन गरेका थिए ।

पूर्ण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू