मंगलबार, १० फ्रेब्रवरी, २०२६
12:53 | १८:३८

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, चालकसहित ८ घाइते अस्पतालमा

रासस फ्रेब्रवरी १०, २०२६

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख. ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायब उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू