बिहीबार, २९ जनवरी, २०२६
उपचारपछि डिस्चार्ज भए रवि लामिछाने


रासस
जनवरी २९, २०२६

फाइल तस्विर
काठमाडौँ, माघ १५, २०८२– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिवि शिक्षण अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालले सभापति लामिछानेलाई सेलुलाइटिसको उपचारपछि बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिएका हुन् ।
सभापति लामिछाने यही माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेपछि स्वास्थ्य समस्यामा परेका थिए । चोटपछि औषधि सेवन गर्दा सुधार नआएर संक्रमण बढ्दै जाँदा सेलुलाइटिस भएको र सोही कारण उनी माघ १३ गते हाडजोर्नी विभागअन्तर्गत अस्पतालमा भर्ना भएका थिए ।
यसैबीच, सामाजिक सञ्जालमा देखिएका केही तस्बिरहरू उक्त अस्पतालसँग सम्बन्धित नरहेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


