बुधबार, ४ मार्च, २०२६
17:45 | २३:३०

निर्वाचन आचारसंहिता राति १२ बजेबाट लागू

नेपाली लिङ्क जनवरी १८, २०२६

निर्वाचन आयोगको टोली बालुवाटारमा । तस्बिर- प्रम सचिवालय

काठमाडौं । निर्वाचन आयोगले आचार संहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रमबाझ यो जानकारी दिएको हो।

आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। जसअनुसार, निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुनेछ।

आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरु, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू