सोमबार, २ मार्च, २०२६
23:38 | ०५:२३

कार्बाहीपछि गगन भन्छन्- ‘हामी नै आधिकारिक कांग्रेस हो, रुख र चारतारे झन्डा हामीसँग छ’

नेपाली लिङ्क जनवरी १४, २०२६

काठमाडौं । शेरबहादुर देउवा समूहको कारबाहीमा परेका नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयन प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन्।

देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितलाई पाँच वर्षका लागि निष्काशनको निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारिक नै विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन्।

‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ। असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो नि,’ गगनले भने, ‘अब हामी अल्मलिनुपर्ने अवस्था रहेन। विशेष महाधिवेशनको मनोनयनको काम सकियो। नामावलीहरू सार्वजनिक हुँदैछ। संवादका लागि प्रयास भएका थिए सफल भएनन्।’

थापाले भृकुटीमण्डपमा विधिवत र विधानसम्मत नेतृत्व चयन भइरहेको भन्दै आफूहरु नै आधिकारिक कांग्रेस भएको बताए।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी दिने पनि थापाको भनाइ छ।

‘आज निर्वाचन प्रक्रिया सकिएसँगै आयोगलाई जानकारी गराउँछौँ,’ उनले भने, ‘पार्टीको चुनाव चिह्न रुख, चारतारे झन्डा हामीसँगै छ। अर्को कुरा कांग्रेस नै हामी हौँ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू