शुक्रबार, २६ डिसेम्बर, २०२५
16:40 | २२:२५

वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

रासस डिसेम्बर २६, २०२५

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा आज तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला काठमाडौँ चन्द्रागिरि–४ बस्ने ३७ वर्षीया ममता श्रेष्ठ, काभ्रेपलाञ्चोक पाँचखाल–६ बस्ने ३० वर्षीय सरोज पोख्रेल तथा दोलखा भिमेश्वर–७ का ४९ वर्षीय डम्बरबहादुर तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “श्रेष्ठले क्यानडा पठाउने भन्दै रु २३ लाख, पोख्रेलले युएई पठाउने भन्दै रु तीन ६४ हजार तथा तामाङले रोमानिया पठाउने भन्दै रु छ लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू