मंगलबार, १६ डिसेम्बर, २०२५
वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


नेपाली लिङ्क
डिसेम्बर १६, २०२५

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भन्दै ५२ लाख रुपैयां ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले कास्की, पोखरा महानगरपालिका १५ स्थायी घर भई हाल यूके लन्डन बस्ने ५० वर्षीय लाल बहादुर बराइलीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै प्रतिवादी बराइलीलाई काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. १२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको जनाएका छन् ।
बराइलीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाइ रोजगारीका लागि बेलायत लैजाने भन्दै रकम असुली लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएको प्रहरी भनाइ छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



