शनिबार, ६ डिसेम्बर, २०२५
00:37 | ०६:२२

मेयर बालेन शाहलाई पितृशोक, आजै गरियो पशुपति आर्यघाटमा अन्त्येष्टि

नेपाली लिङ्क डिसेम्बर १, २०२५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता डा. रामनारायण शाहको सोमबार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार सम्पन्न भएको छ।

७७ वर्षीय शाहको उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको थियो। डा. शाह लामो समयदेखि बिरामी थिए । परिवारले दिवङ्गत शाहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो सवा ३ बजे पशुपति आर्यघाटमा राखेको थियो।

शोकमा डुबेको परिवार, आफन्तजन र शुभेच्छुकहरूको उपस्थितिमा अन्त्येष्टि क्रिया सम्पन्न भएको हो। बालेन शाहको सचिवालयका अनुसार परिवारले सबैलाई श्रद्धाञ्जलीका लागि उपस्थित हुन अनुरोध गरेको थियो।

उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न राज्यका उच्च पदस्थ व्यक्तित्वहरू पशुपति आर्यघाट पुगेका थिए । श्रद्धाञ्जलीका लागि उपसभामुख इन्दिरा राना मगर, सञ्चारमन्त्री जगदीश खरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता, प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायतको उपस्थिति थियो ।

उनको निधनको खबर सार्वजनिक भएपछि राजनीतिक तथा सामाजिक क्षेत्रका धेरै व्यक्तित्वहरूले शोक व्यक्त गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू