शुक्रबार, १३ मार्च, २०२६
रास्वपा परित्याग गरि नयाँ दल खोल्ने तयारीमा नेता परियार


रासस
नोभेम्बर १४, २०२५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले उक्त पार्टी परित्याग गरि अब नयाँ दल खोल्ने तयारीमा जुटेका छन् ।
नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेत्री मानुषी भट्टराईलगायत नेतासँग परामर्श भइरहेको परियारले जनाए ।
“नयाँ दल गठन गर्ने तयारी भइरहेको छ, नेतृत्वबारे टुङ्गो लागेको छैन । त्यसमा म, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी यमी भट्टराईलगायत रहनुहुनेछ”, नेता परियारले भने, “यस सम्बन्धमा विज्ञप्तिमार्फत जानकारी गराइनेछ ।”
यसअघि उनले आजै प्रगतिशील राष्ट्रिय अभियानका नेता शर्मासँग पनि छलफल गरेका थिए । नयाँ शक्तिकी नेत्री भट्टराईले आफूहरू राजनीतिको पुनःगठनका लागि छलफलमा जुटेको पुष्टि गरिन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ


