शुक्रबार, ५ डिसेम्बर, २०२५
23:56 | ०५:४१

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाली लिङ्क नोभेम्बर १०, २०२५

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन्। उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो।

डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले। एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो।

विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू