बुधबार, २९ अक्टोबर, २०२५
सुनको मूल्य निरन्तर ओरालो, तीन दिनमै तोलामा १६ हजार ५ सय रुपैयाँले गिरावट


नेपाली लिङ्क
अक्टोबर २९, २०२५
काठमाडौँ । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घट्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तीन दिनको अवधिमा सुनको मूल्य तोलामा १६ हजार ५ सय रुपियाँले घटेको छ।
गत शुक्रबार प्रतितोला २ लाख ५३ हजार ५ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार घटेर २ लाख ३७ हजार रुपियाँमा पुगेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटकै असर अहिले नेपाली बजारमा देखिएको बताइएको छ। महासङ्घका अनुसार पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा माग कम हुँदै जाँदा मूल्यमा गिरावट आएको हो।
यस्तै चाँदीको मूल्यसमेत निरन्तर घट्दै गएको छ । गत शुक्रबार तीन हजार २८० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य तीन दिनमा तोलामा ३६० रुपियाँले घटेको महासङ्घले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५




