ऊर्जामन्त्री घिसिङ नयाँ दिल्लीमा



इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जामन्त्री कुलमान घिसिङको स्वागतमा पुगेका राजदूत शङ्कर शर्मा र भारत सरकार विदेश मन्त्रालयका प्रतिनिधि तुसारन्शु शर्मा।
काठमाडौँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारतको राजधानी नयाँदिल्ली पगेका छन् ।
मन्त्री घिसिङलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावासका राजदूत शङ्कर शर्मा र भारत सरकार विदेश मन्त्रालयका नर्दन डिभिजनका डेपुटी सेक्रेटरी तुसारन्शु शर्माले स्वागत गरे ।
मन्त्री घिसिङ आइएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्री र प्रतिनिधिबिचको सौर्य ऊर्जा प्रवर्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका विषयमा हुने उच्चस्तरीय छलफलमा सहभागी हुनेछन् ।
छलफल सभामा मन्त्री घिसिङले नेपालको तर्फबाट सहभागिता जनाएर सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



