मंगलबार, २१ अक्टोबर, २०२५
08:27 | १३:१२

लक्ष्मीपूजामा बढ्यो विद्युत खपत, १ हजार १५ मेगावाट निर्यात

रासस अक्टोबर २१, २०२५

काठमाडौँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ । घरघरमा दीपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो ।

दीपावली र बत्ती एक अर्काका परिपूरक हुन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन सोमबार साँझ देशभर विद्युतको कूल माग एक हजार ६५० मेगावाट बराबर छ ।

यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ । प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो ।

गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो । प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू