आइतबार, १९ अक्टोबर, २०२५
02:54 | ०७:३९

आज तिहारको पहिलो दिन ‘काग तिहार’ मनाइंदै

नेपाली लिङ्क अक्टोबर १९, २०२५

काठमाडौँ ।आज देशभर तिहारको पहिलो दिन काग तिहार मनाइँदैछ। काग तिहारले पाँच दिने तिहार पर्वको औपचारिक सुरुवातको संकेत गर्दछ।

हिन्दू परम्पराअनुसार आजको दिन कागलाई यमराजका दूतका रूपमा पूजा गर्ने चलन छ। मानिसहरूले बिहानै घरको छत, आँगन वा खुला ठाउँमा खाना र मिठाइ राखेर कागको पूजा गर्छन्।

वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा अझै पनि “काग करायो भने पाहुना आउँछ” भन्ने जनविश्वास रहेको छ।

यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका मिठा परिकार अर्पण गर्ने चलन छ। ‘काकेन दधि भक्षितम्’ — कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास छ।

तिहार, जसलाई यमपञ्चक पनि भनिन्छ, पाँच दिनसम्म मनाइन्छ—काग तिहार, कुकुर तिहार, गाई तिहार, गोवर्धन पूजा र भाइटीका।

यो पर्वले प्रकृति, जनावर र पारिवारिक सम्बन्धप्रतिको आभार तथा स्नेहको प्रतीकका रूपमा नेपाली समाजमा विशेष स्थान राख्दछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू