मंगलबार, १४ अक्टोबर, २०२५
18:31 | २३:१६

अविरल वर्षापछिको विपदमा कम्तीमा २० जनाको मृत्यु

नेपाली लिङ्क अक्टोबर ५, २०२५

काठमाडौं- शुक्रबार रातिदेखि लगातार परेको वर्षापछि देशभर बाढी, पहिरो र डुबानका घटनामा परेर आइतबार बिहानसम्म कम्तीमा २० जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी क्षति इलाममा भएको हो ।

इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ भने उदयपुर र खोटाङमा एक–एक जनाको ज्यान गएको पुष्टि भएको छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार इलाममा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

उनका अनुसार घाइतेहरूको उद्धारका लागि इटहरीबाट नेपाली सेनाको हेलिकप्टर पुगेको भए पनि खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।

देशका विभिन्न भागमा हालसम्म ११ जना बेपत्ता रहेका छन् । जसमा इलाममा ७ जना र रसुवामा ४ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । इलाममै २ जना घाइते पनि भएको पुष्टि गरिएको छ ।

लगातारको वर्षाका कारण सडक, आवास र विद्युत् संरचनामा समेत ठूलो क्षति पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू