बिहीबार, ३० अक्टोबर, २०२५
19:26 | ०१:११

२४ घण्टामा काठमाडौँबाट बाहिरिए १ लाख ११ हजार

रासस सेप्टेम्बर २९, २०२५

काठमाडौँ, आश्विन १३, २०८२– बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्नसम्म चार लाख ६७ हजार मानिसले काठमाडौँ छाडेका छन्।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताए।

अध्यक्ष स्वारले घटस्थापनायता आठ लाख सर्वसाधारण काठमाडौँ उपत्यकाबाट बाहिरिएका बताए।

ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू