आइतबार, ७ डिसेम्बर, २०२५
06:13 | ११:५८

आर्यतारा बनिन् नयाँ कुमारी, मंगलबार आसन गराइने

नेपाली लिङ्क सेप्टेम्बर २८, २०२५

काठमाडौँ । काठमाडौँ इटुम्बहालकी आर्यतारा शाक्य नयाँ कुमारी छनोट भएकी छन्।

आर्यतारालाई मंगलबार दिउँसो १२:०५ देखि १२:१६ बजेको बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ। त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ।

शाक्य महाबिहार संघको आह्वानपछि सिफारिस भएर आएका नामहरुमध्येबाट साढे दुई वर्षकी आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो।

संघले शहरका १५ बहालहरुलाई पत्र पठाएर नयाँ कुमारीका लागि नाम सिफारिस गर्न भनेको थियो। प्राप्त नामावलीहरुमध्येबाट निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको समेत सल्लाहमा परम्परागत विधि अनुसार आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको संघले जनाएको छ।

कुमारीलाई जीवित देवीको रुपमा पुज्ने प्रचलन छ। काठमाडौँमा यो परम्परा झण्डै २७० वर्षअघिदेखि चलिआएको छ।

कुमारीलाई महालक्ष्मीको प्रतिक मानिन्छ। जयप्रकाश मल्लले कुमारी प्रथा स्थापना गरेका हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू