बिहीबार, ३० अक्टोबर, २०२५
23:11 | ०४:५६

विरोधका कार्यक्रम हिंसात्मक नगर्न सरकारको आह्वान

नेपाली लिङ्क सेप्टेम्बर २७, २०२५

काठमाडौं–गृह मन्त्रालयले सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम हिंसा नहुने गरी शान्तिपूर्ण ढंगले गर्न सुझाव दिएको छ।

मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गरी निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको अवस्थामा अर्को पक्षलाई असर नपर्ने खालका कार्यक्रम गर्न आग्रह गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शनिबार एक प्रेस विज्ञप्ति जारी यस्तो आग्रह गरेका हुन्।

‘नेपालको राष्ट्र हित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी २०८२ भदौ २३ र २४ गते जेनजी (जेन-जेड) युवाहरूको अगुवाइमा भएको आन्दोलनपश्चात् नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ। यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुने गरी शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुने गरी गर्नु भई समाजमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ’, सूचना भनिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू