बिहीबार, ३० अक्टोबर, २०२५
23:10 | ०४:५५

मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेका छन्।

अध्यक्षले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न अध्यादेश जारी गरेका हुन्।

मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो।

उक्त दफामा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था उल्लेख थियो।

उक्त व्यवस्थाका कारण रोकिने मतदाता नामावली खुलाउनका लागि अध्यादेश ल्याइएको आयोगले बताएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू