शिक्षामन्त्री पुनका तीन निर्देशन, कार्यान्वयन नगरे कारवाही गर्ने चेतावनी



सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य, ३ महिनाभित्र परीक्षाफल प्रकाशन र टीयूमा बगैँचा निर्माण
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको अनिवार्य दरबन्दी थप्न निर्देशन दिएका छन्।
शिक्षा मन्त्री पुनले मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडि बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस् भन्दै आफूले गरेका निर्देशनहरु फेसबुकबाट सार्वजनिक गरेका हुन्।
मन्त्री पुनले देशभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्ने, विश्वविद्यालयको परीक्षाफल तीन महिनाभित्र निकाल्नु पर्ने र त्रिभुवन विश्वविद्यालय हाताभित्रका झाडी फाँडेर सुन्दर बगैँचा बनाउनु पर्ने निर्णय गरिएको उल्लेख गरेका छन्।
केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा विद्यार्थीहरुको लागि त्यो अपुरणीय क्षति पुगेको उल्लेख गर्दै मन्त्री पुनले बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिएका हुन्। तोकिएको समयमा परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गर्ने पनि उनले चेतावनी दिएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्न सकेको अवस्थामा विश्वविद्यालयहरुले किन नसक्ने भन्ने उनको प्रश्न छ।
हेर्नुस् शिक्षामन्त्री पुनको फेसबुक स्टाटस-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



