बिहीबार, ३० अक्टोबर, २०२५
23:14 | ०४:५९

ऊर्जामन्त्री कुलमानको सक्रियताः मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षण

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२५

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी लिएका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले सोमबार व्यावसायिक उत्पादनका लागि परीक्षणको क्रममा रहेको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन्।

सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको मन्त्री घिसिङले निरीक्षण गरेका हुन्।

निर्माण सम्पन्न भई हाल व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको सोमबार दोस्रो दिन रहेको आयोजनाले जनाएको छ।

चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालक हुँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजनाको विस्तृत अध्ययन, विद्युत खरिद-बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न गरी निर्माण चरणमा पुगेको थियो।

उक्त आयोजनाबाट परीक्षणका क्रममा पूर्ण १०२ मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ।

जुरेको पहिरो, ०७२ सालको भूकम्प, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को महामारी, स्थानीय अवरोधलगायतका कारण आयोजना निर्माण समयमै पूरा गर्न समस्या भएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू