बिहीबार, ३० अक्टोबर, २०२५
23:11 | ०४:५६

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२५

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै गएको पहिरोले अवरुद्ध सडक साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

सडक दुईतर्फी खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ गइरहेका छन्। तर, लामो समयसम्म सडकमा रोकिएका सवारी साधन र दशैँमा घर फर्किनेहरुको भीडले सडकमा यातायातका साधनको लामो लाइन देखिएको छ।

दुईतर्फी सडक खुलाउन आज आवागमन रोकेर काम गरिएको थियो। रातको समयमा ढुंगा खस्ने जोखिमका कारण गत राती सवारी साधन आवागमन रोकिएको थियो।

शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझमात्र एकतर्फी खुलेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू