बिहीबार, ३० अक्टोबर, २०२५
23:10 | ०४:५५

सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२५

काठमाडौँ । सुनचाँदीको मूल्य आज फेरि हालसम्मकै सबैभन्दा महँगो बनेको छ।

गत शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्यमा आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँ बढेर २ लाख १७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको दुई लाख १७ हजार १ सय रुपैयाँ थियो।

गएको शुक्रबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँ बढेर २ लाख १६ हजार रुपैयाँ पुगेको थियो।

गएको भदौ ३१ गते तोलाको २ लाख १७ हजार १ सय रुपैयाँ पुगेर केही घटेको सुनको मूल्य आज फेरि उच्च भएको हो।

आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज २ हजार ६ सय ५० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू