सिंहदरबारबाट हटाइदै जलेका सवारी साधन



काठमाडौँ । जेनजी आन्दोलनको दोस्रो दिन सिंहदरबारमा भएको तोडफोड र आगजनीबाट जलेका सवारी साधनहरु हटाउन शुरु गरिएको छ।
शनिबार बिहानैदेखि सिंहदरबार परिसरमा आगजनीबाट जलेका सवारी साधनहरुलाई क्रेन लगाएर हटाउन थालिएको हो।
सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका उर्जामन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिएलगत्तै काम शुरु गरिएको छ।
आन्दोलनको पहिलो दिन जेठ २३ गते सरकारी दमनका कारण ठूलो संख्यामा हताहती भएपछि भोलिपल्ट प्रदर्शनकारीहरु विध्वंशमा उत्रिएका थिए।
आक्रोशित भीडले भोलिपल्ट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित धेरै अधिकांश मन्त्रालयहरु जलाएका थिए। आगजनीमा सबैभन्दा बढी क्षति सवारी साधनमा भएको थियो।
सहरी विकास मन्त्रीसमेत रहेका घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत् सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने बताएका छन्।