आइतबार, १४ सेप्टेम्बर, २०२५
कार्की प्रधानमन्त्री नियुक्त भएकामा पाकिस्तानले दियो बधाई



रासस
सेप्टेम्बर १४, २०२५
काठमाडौँ । पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेको छ ।
प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकामा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्ध अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५