बिहीबार, ११ सेप्टेम्बर, २०२५
13:07 | १७:५२

संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा लागेको छु: राष्ट्रपति

नेपाली लिङ्क सेप्टेम्बर ११, २०२५

काठमाडौँ, भदौ २६– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम राख्न सकिन्छ भनेर विचार विमर्श एवं हर प्रयासमा रहेको बताएका छन् ।

रामचन्द्र पौडेलले बिहीबार बक्तब्यमार्फत देशलाई निकास दिने प्रयासमा आफू रहेको उल्लेख गरेका हुन् ।

उनले जारी गरेको बक्तब्यमा भनिएको छ, ‘‘आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुब्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू