शनिबार, ३० अगस्ट, २०२५
प्रधानमन्त्री ओलीका ५ दिन अब चीनमा



नेपाली लिङ्क
अगस्ट ३०, २०२५
काठमाडौँ, भदौ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गरेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार बिहान चीन प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले विदाइ गरे ।
उनले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५