आइतबार, १७ अगस्ट, २०२५
03:54 | ०८:३९

काठमाडौँ प्रहरीमा बैंकिङ कसुरका मुद्दा चाङ

रासस अगस्ट १६, २०२५


काठमाडौँ, श्रावण २९, २०८२— जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् ।

सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०८१/०८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू