बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत



बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।
कुल ११० सदस्यीय बागमती प्रदेशसभामा ९२ जना सदस्य उपस्थित थिए । उपस्थितमध्ये मुख्यमन्त्री बानियाँको विश्वासको मतको पक्षमा ६३ जना, विपक्षमा २२ र तटस्थमा सात जनाले मतदान गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम मुख्यमन्त्री बानियाँले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको उनले घोषणा गरे ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि उनले आज विश्वासको मत लिएका हुन् ।
प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ः०० बजे बस्नेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५