सोमबार, १८ मे, २०२६
तुर्कमेनिस्तानबाट फर्किए प्रधानमन्त्री ओली

नेपाली लिङ्क
अगस्ट ८, २०२५

काठमाडौं, साउन २४ गते । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ ओली नेतृत्वको टोली शुक्रबार स्वदेश फर्केको हो ।
प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली दुबई हुँदै शुक्रबार राति नेपाल आइपुगेका हुन् ।
प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्री तथा उच्च सरकारी अधिकारीहरू सहभागी थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


