बुधबार, जेठ २९, २०८२
02:08 | ०६:५३

यूके पठाइदिन्छु भन्दै ११ करोड ठगी गर्ने दुई पक्राउ

नेपाली लिङ्क जुन १०, २०२५

काठमाडौं–वैदेशिक रोजगारीमा यूके पठाइदिन्छु भनि ११ करोड बराबरको रकम ठगी कार्यमा संलग्न दुई व्यक्ति पक्राउ परेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

मोरङ स्थायी घर भइ हाल काठमाडौं सरस्वतीनगर बस्ने ४४ वर्षीय लक्षमण पराजुली र धनुषा स्थायी घर भइ हाल काठमाडौं नरेफांट बस्ने ४७ वर्षीय अरुणराज शर्माले ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार ठगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू