शुक्रबार, जेठ २४, २०८२
05:51 | १०:३६

मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (सूचीसहित)

नेपाली लिङ्क जुन ४, २०२५

काठमाडौँ – मन्त्रिपरिषद्का बैठकले जेठ १५ र १९ गते गरेका निर्णयहरू आज सार्वजनिक गरिएको छ। मन्त्रिपरिषद्ले विभिन्न चार विधेयकहरूको मस्यौदाका लागि सिद्धान्ततः स्वीकृति दिएको छ।

जेठ १५ गते आयोजित बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति सम्बन्धी विधेयकहरूको मस्यौदा स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यी विधेयकहरू तयार पार्न स्वीकृति दिइएको बताए।

उक्त बैठकले मन्त्री, सचिव र मेयरहरूको विदेश भ्रमण पनि स्वीकृत गरेको छ। जेठ १५ को बैठकले ९ र जेठ १९ गतेको बैठकले ५ वटा निर्णय गरेको सरकारले जानकारी दिएको छ।

सरकारले विभिन्न क्षेत्रमा नीतिगत निर्णयहरू गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू